काठमाडौं, ३ फागुन । पारस खड्काको शतकका बाबजुद नेपालले यूएईसँग ७ रनले पराजित भएको छ र विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बनेको छ ।
यूएईले भने उपाधिसँगै समूह चरणमा व्यहोरको हारको बदला पनि दिएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।
नेपालको सुरुवात मध्यम रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए ।
पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।
शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए,जतिबेला टिमको स्कोर १८६ रन थियो ।
रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । त्यसपछि भने ठूलो साझेदारी हुन सकेन ।
पारसले एउटा एण्डमा बसेर आक्रामक पारी खेलेपनि अरु ब्याट्सम्यान टिक्न सकेनन् । बुधबार नायकी प्रदर्शन गरेका करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके ।
बसन्त रेग्मी ५ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो ।
युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे । बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।
सम्बन्धित खबर
कालिका माविलाई छात्रा क्रिकेटको उपाधी
पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता सुरु
पोखरा स्पोर्टस् अवार्डमा पोखरा मोबाईल टावरको साथ
उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिस्पर्धा
सिद्ध र कालिका उपाधिका लागि भिड्ने
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग