काठमाडौं । कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाईन ६ महिना पछि आज (असोज १७ गते) देखि सुरु भएको छ। फेस्टिभल अफर अन्तर्गत जिपलाइनको शुल्कमा ३० प्रतिशत छुट गरिएको जिपलाइनका संचालक वल्ड वाइड एड्भेन्चर प्रा.लीका अध्यक्ष केदार थापाले बताए।
क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि १ हजार ७ सय ५०, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ४ सय ५० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार १ सय ५० कायम गरिएको थापाले जानकारी दिए।
जिपलाइन सँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको थापाले बताए। क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल २ सय रुपैयाँ कायम गरेको र टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ लाग्ने भएपनि हाल ३ सय रुपैयाँ कायम गरेको छ। साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि नि:शुल्क प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए ।
कोभिड१९ का कारण सुरक्षा सावधानी अपनाउँदै कर्मचारीको एक एक हप्ताको सिफ्टमा काम गरिएको अध्यक्ष थापाले बताए।
२०७५ फागुनदेखि व्यवसायिक रुपमा धुलिखेल जिपलाइन सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। जिपलाइनसँगै ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको) रेस्टुरेन्ट पनि छ ।
खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’