पोखरामा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्तिमा अनुसार कास्कीका ८ सहित गण्डकी प्रदेशमा थप ३९ जना संक्रमित थपिएको उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा वडा नम्बर ३ का ५० वर्षीय महिला, वडा नम्बर ४ का ३७ वर्षीय पुरुष, ११ का ५५ वर्षीय पुरुष, १२ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १४ का ४० र ४३ वर्षीय २ जना पुरुष, वडा नम्बर १७ का ४५ तथा १८ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
स्याङ्जा वालिङ नगरपालिकाका थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाग्लुङमा जिल्लाको बरेङ ४ का १७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६ का १५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको बन्दिपुर गाउँपालिकाका ५ जना र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । बन्दिपुर-१ का ४२ र १८ वर्षीय पुरुष र २२ वर्षीया महिला, ३ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बन्दिपुर-२ की २३ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको छ ।
यसैगरी, शुक्लागण्डकी-४ का ३२ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ३२ र ३९ वर्षीय पुरुष र त्यस्तै ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको भएको निर्देशनालयले जनाएको छ । यस्तै शुक्लागण्डकी-६ का ४१ वर्षीय पुरुष र शुक्लागण्डकी-८ का २३ वर्षीयपुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित मालिका ५ की ३५ वर्षीय महिला हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ५७२ पुगेको छ ।


सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प