पोखरा – कास्की प्रहरीले झुट्टो व्यहोरा देखाई ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुछ्रे गाउँपालिका ९ सिदिङ स्थायी घर भइ हाल पोखरा ५ पर्स्याङमा डेरा गरी बस्ने वर्ष ३९ का हिरा बहादुर तामाङ, म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ४ राफु स्थायी घर भइ हाल पोखरा १४ कुंडहर बस्ने ३० वर्षीय रमेश कुमार परियार, रुपन्देही जिल्लाको सैनामैना बाँसगडी घर भइ हाल पोखरा १४ चाउथे बस्दै आएका ३५ वर्षीय ओम बहादुर सुनार, सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भइ हाल पोखरा १३ बस्दै आएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका १७ चोरसाँघु घर भएका २२ वर्षीय सोनु परियार, पोखरा १३ बाँझापाटन घर भएका २७ वर्षीया सिता सुनार, पोखरा १३ मियाँपाटन घर भएका ५० वर्षीय हर्क बहादुर वि.क र पोखरा १३ मियाँपाटन घर भएका २४ वर्षीय मौसम सदाशंकर रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उनीहरुले आफुहरु गण्डकी प्रदेश कार्य समितिका पदाधिकारीहरु भइ हाल नेपाल सरकार अव्यव्यस्थित सुकुम्वासी समाधान आयोग काठमाण्डौबाट आएको भन्दै पोखरा महानगरपालिका वडा नं -१४ भोटेचौतारास्थित ३०० रोपनी क्षेत्रफल भएको जग्गामा घर जग्गा उपलब्ध गराइदिने तथा तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजांच गर्ने भन्दै पैसा असुलेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार सहित रजिष्टर एक थान, नगदी रसिद अर्धकट्टी सहितको प्याड एक थान, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साइजको फोटोहरु र अव्यव्यस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाण्डौ लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ वरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई फौजदारी संहिता २०७४ को दफा ९ को १ बमोजिम मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गतको दफा २४९ बमोजिम मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा