विश्वव्यापी संकटका रुपमा निम्तिएको कोरोनाले सबै व्यवसाय चौपट बनाउँदा साहसिक खेलमा पनि नराम्ररी प्रभाव प¥यो । सात महिना बन्द हुन पुगेको पोखराको हेम्जा स्थित बन्जी पुनः सञ्चालनमा आएको छ । सेवा सुरुसँगै १५ प्रतिशत छुट अफर पनि सञ्चालक कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले ल्याएको छ ।
असोज १९ गते देखि नै पुनःसञ्चालनमा आएपछि बञ्जी पारखीहरु रम्न थालेका छन् । कोरोनाबाट पूर्ण सावधानीका साथ सेवा सुरु गरिएको सञ्चालक दिनेश महर्जनले बताए । ‘कोरोना महामारीको जोखिम बढ्दै गएपनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पालना गरेर सञ्चालन गरेका छौं ।’ महर्जनले भने– ‘यहाँ पूर्ण सतर्कता अपनाइएकाले डराउनु पर्दैन । छुटका साथ सेवा सुरु गरेका छौं ।’

महर्जनले साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन्, उनीहरुले यसको मज्जा लुट्न सक्ने बताए । करिब ७० फिट उचाइको टावरबाट जम्प गर्न सकिने बन्जी गर्दा ४ हजार तोकिएकोमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै, जिप फ्लायरको मूल्य ४ हजार ५ सय रहेकोमा यसमा पनि छुट पाउनेछन् । बन्जी र जिप फ्लायको कम्बो जम्मा मूल्य ७ हजार २०० थियो । यसमा पनि छुटको व्यवस्था छ । प्याराग्लाइडिङ ३५ सयमै गर्न पाइनेमा १५ प्रतिशतको छुट पाइनेछ ।

हाइग्राउन्ड एड्भेन्चर्स नेपालले एड्भेन्चर पार्क पनि छिट्टै नै सञ्चालन गर्दैछ । पार्क भित्र यस्तै साहसिक खेलहरु हुने महर्जनले बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला