पोखरा – मदीरा सेवन गरी आफ्नै काकाको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका वडा नम्वर – ५ बान्द्रे बस्ने ४६ वर्षीय ईन्द्रबहादुर तामाङ रहेका छन् ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार पोखरा महानगरपालिका -२० मजुवास्थित बिसौना विजयपुरकोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका ५५ वर्षीय टंक बहादुर तामाङ आफु बस्दै आएको मजुवा जंगल छेउमा रहेको पाल तथा स्याउलाले बारेर बनाएको छाप्रोमा गत बैशाख २१ गते बिहान ६ बजेको समयमा मृत अवस्थामा फेला परेका थिए । घटनाको सूचना पाए लगत्तै पुगेको कास्की प्रहरीको टोलीले टाउको र अनुहारमा चोट लागि मुखबाट रगत वगेको अवस्थामा घटनास्थल र लासको प्रकृतिको आवश्यक मुचुल्का तयार पारी पोष्टमार्टम समेत गरेको थियो ।
यस्तो थियो घटनाक्रम !
विगत ३ बर्ष अगाडी देखी पोखरा तथा आसपासका ईलाकामा ज्याला मजदुरको काम गर्ने टंक बहादुर तामाङ, उनको दाइको छोरा ईन्द्रबहादुर तामाङ र सिन्धुली जिल्ला घर भई हाल पोखरा बस्दै आएका वर्ष २४ का पथबहादुर तामाङ संगै बस्दै आएका थिए । २०७६ साल कार्तिक महिना देखी उक्त स्थानमा पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका उनिहरु सधैं जस्तै बैशाख २० गते बेलुकी तीनैजना बसेर रक्सी र मासु खाँदै थिए । त्यही क्रममा मृतक टंक बहादुरले भाँडा खसाल्न पुग्दा भतिजा पर्ने ईन्द्रबहादुर तामाङले भाँडा खसालेको बिषयमा निहुँ खोज्न थाले । मदीराको नशा चढ्दै जाँदा काका छोरा बीचको भनाभनले उग्र रुप लिन थालेपछि संगै बसेर मदीरा पिइरहेका पथबहादुरले मनमनै आजपनि झगडा गरेर सुत्न नदिने भए भन्दै त्यहाँबाट झन्डै १ सय ५० मिटर पर नारायण भन्ने व्यक्तिको घरको पिंढीमा सुत्न गएकोमा भोलिपल्ट बिहानै उक्त छाप्रोमा जाँदा टंक बहादुर मृत अवस्थामा फेला परेको तर, भतिजा ईन्द्र बहादुर नदेखिएको पथबहादुर तामाङले प्रहरी समक्ष बताएका थिए ।
झन्डै ६ महिनापछि लमजुङबाट पक्राउ
यता ईन्द्रबहादुर विरुद्ध मृतक टंक बहादुरका छोराले पनि किटानी जाहेरी दिइसकेका थिए । भने, फरार उनको खोजी गरिरहेको कास्की प्रहरीले उनी जान सक्ने सम्भावित स्थानहरुमा खोजतलास तथा निगरानी राख्ने क्रममा कार्तिक २ गते आइतबार लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नम्वर -२ सोती पसलमा फेलापारी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको छ ।
पक्राउ परेका ईन्द्रबहादुरले प्रारम्भिक सोधपुछमा आफुले नै घटना घटाएको स्वीकार गरिसकेका छन् । उनी विरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ