काठमाडौँ– राजस्थान रोयल्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ । गएरातिको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नईका दीपक चाहरले २ विकेट लिए ।
जोस हाजलउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए ।
यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १र१ विकेट लिए ।
जितसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जीवितै रहेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौँ स्थानमा समेत उक्लिएको छ । प्रतियोगिता अन्तर्गत आज किंग्स इलेभेन पञ्जाव र दिल्ली क्यापिटल्स भिड्नेछन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु