पोखरा । बरदान अनलाईन स्टोरको ‘बरदान दशैं उत्सव’को खसी उपाहार सुस्मिता शर्माले जितिकी छिन । पोखराबाट अनलाइन मार्फत व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले नेपालीहरुको महान चाड बडादशैँको अवसरमा बरदान दशैं उत्सव कार्यक्रम गरेको थियो ।
असोज ११ गतेदेखि कार्तिक ६ गतेसम्म जारी रहेको उक्त उत्सवमा शुक्रबार ग्राहकले सामानमा छुट र विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन ।
शुक्रबार फेसबुक लाइभ मार्फत लक्की ड्र गरि ग्राहकहरुले विभिन्न पुरस्कारहरु जितेका छन ।
लक्की ड्रबाट प्रथम पुरस्कार खसी सुस्मिता शर्माले प्राप्त गरिन । यस्तै दोस्रो पुरस्कार चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे वीथ डिनर लिना श्रेष्ठले पाएकी छिन ।
तेस्रो पुरस्कार प्रिन्सी गुरुङले सराङकोट माउण्टेन लजबाट २ दिन १ रातको कपल स्टे वीथ डिनर र चौथो पुरस्कार आइतबहादुर गुरुङले पाँच हजार रुपैंया बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गरेका छन ।

त्यस्तै यस बाहेक बरदान दशैँ उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता ५ सय रुपैंया बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पनि पाएका छन ।
यो पुरास्कार प्रयोग गर्नको लागि २ महिना भित्र सम्पर्क गर्नु पर्ने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए । दशैं उत्सवको समाप्तिपछि दोस्रो ठुलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने कार्यकारी प्रमुख पौडेलले बताए ।
स्टोरका निर्देशक वैभव पौडेलले कोरोना महामारीका बीच नेपालीको महान चाडको अवसरमा ग्राहकको जीवनमा खुशी ल्याउन उत्सव ल्याएको बताए । उनले भने, ‘दशैंका बेलामा आशा थप्नका लागि आकर्षक पुरस्कार लिएर आएका हौं ।’
बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट (BardanStore.com) मा आफूले चाहेको सामान अर्डर गर्न सकिन्छ । साथै, ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ । ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन