(शिशिर) पोखरा – कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्तर्गत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो ।
करिव आधा किलोमिटर सडक ढलान गरिएको छ भने वाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । चैतमा नै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लक डाउनका कारण ६ महिना पछी आएर मात्र काम शुरु गरेको जनाईएको छ ।
भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य शुरु गरेको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।हाल अमलाविसौनी देखि घार्मीको मैदानसम्म कालोपत्रे गरिने र वाँकी सडक खण्डमा पनि छिट्टै निर्माणको काम गरिने सचिव पौडेलले वताउनुभयो ।
यसैविच जारी कामको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत व. विश्वकर्मा,पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको छ । दशैं मनाउन गाउँ आउनुभएका मन्त्री विश्वकर्माले त्यही शिलशिलामा निमार्णाधिन सडकको अवलोकन गर्नुभएको हो । निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचेक्र्याई नगर्न सुझाव दिनुभयो ।
वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको वताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए ।वि.स. २०४१ सालवाट त्यस क्षेत्रमा सडक लैजान योजना शुरु भएता पनि विभिन्न अवरोध र वजेट अभावका कारण सडक अलपत्र परेको थियो ।३६ वर्ष पछि वल्ल त्यस क्षेत्रमा कालोपत्रे सडक पुगेपछि त्यस क्षेत्रका वासिन्दा हर्षित भएका छन । स्थानिय चन्द्र व वि.कले सडक र खानेपानीको सुविधा सगै अव यस क्षेत्रलाई पर्यटकीय गन्तव्य वनाउनुपर्ने वताउनुभयो ।
उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भुमिका खेल्नु भएको थियो । यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्र्तगत घार्मीमा टंकी निर्माणको काम सम्पन्न भएको र अव छिट्टै घरघरमा पाइप लाईन वितरणको काम शुरु गरिने सचिव पौडेलले जानकारी दिनुभयो । हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह