पोखरा – कोरोना संक्रमणका कारण आज पोखराका तीन सहित गण्डकीमा चार जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको अद्यावधिक तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा चार जनाको मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुनेमा बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नं -९ का २९ वर्षीय पुरुष छन् । गत कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राती ८: ५० बजे मृत्यु पुष्टि भएको हो । मृतक पुरुषमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।
यस्तै पोखरा महानगरपालिका वडा नं -१० का ५७ वर्षीय पुरुषको बिहीबार राती ११:३० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।
गत कार्तिक २ गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल भर्ना भएका उक्त पुरुषमा निमोनिया हाईपरटेन्सन लगायको समस्या रहेको अस्पतालले जनाएको छ ।
पोखरा महानगरपालिकाका ३० दिने नवाजात शिशुको पनि कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । वडा नखुलेका उक्त बालकमा निमोनियाको सस्या रहेकोमा उपचारको क्रममा आज दिउँसो १२:१५ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । र, पोखरा -१७ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।
गत कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनको आज बिहान ९:०० बजे मृत्यु भएको अस्पताल जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १०० पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?