वामदेव गौतम मन्त्री बन्न बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

वामदेव गौतम मन्त्री बन्न बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

bamdeb-gautam

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ ।

नेकपाले उनलाई राष्ट्रिय सभाको सदस्य बनाए लगत्तै अधिवक्ता दिनेश त्रिपाठीले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गरेका थिए । तर, सर्वोच्च अदालतले गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले अन्तरिम आदेश नदिएसँगै उनलाई मन्त्री बन्न बाटो खुलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजालासले अन्तिम आदेश नहुने फैसला गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ