स्याङ्गजा – १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन चौपारी गाउँपालिका वडा नं -३ गहते बस्ने २७ वर्षीय खेम बहादुर नेपाली रहेका छन् ।
स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार गएको सोमबार रातको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा नेपालीले जबर्जस्ती करणी प्रयास गरेको भन्दै युवतीसहित सासु ससुराले मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्गजामा जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्गजाबाट खटिएको प्रहरीको टोलीले नेपालीलाई पक्राउ गरेको हो ।
नेपालीले प्रहरी समक्ष आफु रातको समयमा ढोका खोलेर गएपनि करणी भने नगरेको बताएका छन् । तर, रातको समयमा युवती सुतिरहेको अवस्थामा त्यसरी ढोका खोलेर जानु राम्रो नियत नदेखिएको प्रवक्ता अधिकारीले गण्डक न्युजसंग बताए । अधिकारीले भने- “जबर्जस्ती करणी उद्योग मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिइ सकेका छौं, बाँकी कुरा अनुसन्धानपछि खुल्नेछ ।”
युवतीका श्रीमान् रोजगारीका लागि हाल विदेश रहेको बुझिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?