लमजुङको दोर्दीमा जीप दुर्घटना, एकको मृत्यु ११ जना घाइते

लमजुङको दोर्दीमा जीप दुर्घटना, एकको मृत्यु ११ जना घाइते

jeep

लमजुङ –  लमजुङको दोर्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

जिल्लाको सुन्दरबजार नगरपालिकाबाट दोर्दी जाँदै गरेको ग १ ज ७१२७ नंवरको जीप वडा नं -२ स्थित सिख्रेभिर नजिकै केसेदी खोलामा दुर्घटना हुँदा जीपमा सवार पाचोक निवासी ७० वर्षीया वृद्धा सोनी गुरुङको उपचारका स्थानीय मेडिकलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक ओम प्रकाश पुनले जानकारी दिए ।

पुनका अनुसार घाइते ११ जनाको अहिले जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ