पोखरा – मिराकल इन्स्टिच्युट प्रालि ११ बर्ष पुरा भई १२ औं वर्षमा प्रवेश गरेको छ । पोखराको चिप्लेढुंगामा स्तरीय व्यवस्थापनसहित सेवा दिँदै आएको प्रालिले १२ औं जन्मोत्सव मनाउंदै आफ्ना मूल्यवान विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा सहकर्मीको साथ र सदासयताका कारण ११ वर्षको यात्रालाई सफल बनाउन सम्भव भएको जनाएको छ ।
उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी वैदेशिक अध्ययनको पहुँचलाई सरल र सहज बनाउन आवश्यक सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने उद्देश्यले २०६६ साल मंसिर ३ गते पोखराको गैह्रापाटनमा स्थापना भई उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी सेवा सुरु गरेको मिराकलले अहिले अमेरिकासँगसँगै क्यानडा, युके, अष्ट्रेलिया र जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक सम्पूर्ण तयारी जस्तै अँग्रेजी सिप एवं दक्षता परीक्षण तथा भाषा कक्षाहरु संचालन र विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

वैदेशिक अध्ययनको परामर्श एवं डकुमेन्टेसनको लागि शिक्षा मन्त्रालयबाट रजिष्टर्ड उच्च योग्यता र अनुभवी एवं फरकफरक राष्ट्रको लागि परामर्शको विभिन्न कोर्ष जस्तै आइसिइएसले अमेरिकाको लागि युएसएटिसी, क्यानडाको लागि सिसिजी, अष्टेलियाको क्युइएसी रजिष्टर्ड विज्ञहरुबाट परामर्श सेवा प्रदान गरिरहेको छ ।
१ सय ५० भन्दा बढी विदेशी शिक्षण संस्थाहरुसँग सिधा सम्पर्कमा रही पोखरालाई आफ्नो मूख्य सेवा क्षेत्र बनाई सेवा प्रवाह गर्दै हालसम्म नेपालका हजारौं विद्यार्थीहरु लाभान्वित भएका सस्थाका प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए ।

सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’