पोखरा – मिराकल इन्स्टिच्युट प्रालि ११ बर्ष पुरा भई १२ औं वर्षमा प्रवेश गरेको छ । पोखराको चिप्लेढुंगामा स्तरीय व्यवस्थापनसहित सेवा दिँदै आएको प्रालिले १२ औं जन्मोत्सव मनाउंदै आफ्ना मूल्यवान विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा सहकर्मीको साथ र सदासयताका कारण ११ वर्षको यात्रालाई सफल बनाउन सम्भव भएको जनाएको छ ।
उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी वैदेशिक अध्ययनको पहुँचलाई सरल र सहज बनाउन आवश्यक सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने उद्देश्यले २०६६ साल मंसिर ३ गते पोखराको गैह्रापाटनमा स्थापना भई उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी सेवा सुरु गरेको मिराकलले अहिले अमेरिकासँगसँगै क्यानडा, युके, अष्ट्रेलिया र जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक सम्पूर्ण तयारी जस्तै अँग्रेजी सिप एवं दक्षता परीक्षण तथा भाषा कक्षाहरु संचालन र विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

वैदेशिक अध्ययनको परामर्श एवं डकुमेन्टेसनको लागि शिक्षा मन्त्रालयबाट रजिष्टर्ड उच्च योग्यता र अनुभवी एवं फरकफरक राष्ट्रको लागि परामर्शको विभिन्न कोर्ष जस्तै आइसिइएसले अमेरिकाको लागि युएसएटिसी, क्यानडाको लागि सिसिजी, अष्टेलियाको क्युइएसी रजिष्टर्ड विज्ञहरुबाट परामर्श सेवा प्रदान गरिरहेको छ ।
१ सय ५० भन्दा बढी विदेशी शिक्षण संस्थाहरुसँग सिधा सम्पर्कमा रही पोखरालाई आफ्नो मूख्य सेवा क्षेत्र बनाई सेवा प्रवाह गर्दै हालसम्म नेपालका हजारौं विद्यार्थीहरु लाभान्वित भएका सस्थाका प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा