पोखरा – बुधबार पोखराका ३५ सहित गण्डकीमा थप ११७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ४८२ जनामा गरिएको परीक्षणमा थप ११७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअनुसार कास्कीको पोखरा महानगरमा ३५, तनहुँमा २३, गोरखामा १७, लमजुङमा २५, नवलपुरमा १, स्याङ्गजामा २,पर्वतमा ३, बाग्लुङमा १० र मुस्ताङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार २ सय ७९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय ४३ पुगेको छ ।
बुधबार पनि गण्डकीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।
आज पुष्टि भएका मृतक नवलपुर जिल्ला कावासोती नगरपालिका -१४ निवासी ७८ वर्षीय वृद्ध र पोखरा महानगरपालिका -१४ निवासी ४८ वर्षीया महिला रहेकी छन् ।
आज थपिएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा