रञ्जन अधिकारी पोखरा, १७ फागुन / रङ्गहरुको पर्व होली पोखरामा उल्लासपूर्वक मनाइएको छ । पोखरामा होली खेल्नेमा नेपाली युवायुवतीहरु मात्र थिएनन्, उनीहरुसँगै विदेशी पर्यटकले पनि रङ्ग खेलेर खुशियाली मनाए ।
पोखराका मुख्य बजार क्षेत्रका सडक दिनभरजसो होलीमय भयो । युवायुवतीहरु समूह समूहमा रङ्ग खेल्दै रमाइलो गरिरहेका थिए ।

५१ सवारी र ६ महिला सहित ८१ समातिए
विहीबार होलीको दिन विशेष सुरक्षा योजना लागू गदै कडाई गरेको कास्की प्रहरीले ५१ सवारी र ८१ जनालाई कारबाही गरेको छ । ८१ जना मध्ये ६ जना महिला रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयहरु, ईलाका प्रहरी कार्यालय डाँडाको नाकमा समातेका सवारी पु¥याईयो भने नियन्त्रणमा रहेका सबैलाई सचेत गर्दै बेलुकी छाडिएको छ । मापसे गर्ने, होहल्ला गर्ने, अश्लिल बोल्ने, कागजपत्र नबोक्नेहरु रमाईलो गर्न हिँडेपनि प्रहरी खोरमा जाकिए ।
अघिल्लो समाचार
होलीकै दिन पोखरामा चार वटा गाडी एकआपसमा ठोकिएका छन् । पोखरा १४ चाउथेमा बिहीबार साँझ साढे ५ बजे भएको सो दुर्घटनामा १० जना घाईते भएका छन् । यी मध्ये दुई जना गम्भिर छन् र ८ जना सामान्य अवस्थामा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

तस्विर: उमेश पुन
चाउथे खसीबजारमा पोखराबाट पुर्व विजयपुर तर्फ जाँदै गरेको ग१च४४४९ नं.को भेन आफै अनियन्त्रित भई काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ग१ज ३७०७ नं. को ट्याक्सीलाई ठक्कर दिन पुगेको थियो । सोहि बेला पोखरा तर्फ नै आउदै गरेको बा१०च १५२४ नं. को कारलाई ठक्कर दिई पुनः विजयपुरबाट पोखरा तर्फ आउदै गरेको ग१ज २६७६ नं. को ट्याक्सीलाई ठक्कर दिई दुर्घटना भएको हो ।
घटनामा ग१ज २६७६ नं.को ट्याक्सी चालक स्याङजा विरुवा अर्चलेका ३० वर्षीय जितबहादुर बिक र यात्रु नुवाकोट घर भई औद्योगिक क्षेत्र बस्ने वर्ष २४ की माया तामाङ गम्भिर घाईते भए । बिकको टाउको र ढाडमा चोट लागेर तामाङको अनुहारमा चोट लागेको छ । उनीहरु मनिपाल हस्पिटलमा उपचार भईरहेको छ । सोहि ट्याक्सीमा सवार वर्ष ३५ की बिरमाया तामाङको दाहिने खुट्टामा चोट लागेको छ ।

यस्तै, ग१च४४४९ नं.को गाडीका घाईतेहरु चालक पोखरा २६ सुन्दरीबजार बस्ने वर्ष ३३ को अमृत जि.सी, सोहि ठाउँका वर्ष ३८ को सागर लामिछाने रहेका छन् । यस्तै, बा१०च १५२४ नं. को गाडीको घाइतेहरुमा स्याङजा घर भई हाल काठमाण्डौ चाबहिल बस्ने मुकेश ढुङगाना, काठमाण्डौ घर भई विरौटा बस्ने वर्ष ६८ को गोपिकृष्ण ढुङगाना, बुहारी वर्ष ३४ की उपमा शर्मा, काका वर्ष ६२ को इन्द्र ब.ढुङगाना र वर्ष ५ को आश्रय ढुङगाना सामान्य घाईते छन् । उनीहरुलाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।
ग१ज ३७०७ नं. को ट्याक्सीमा सवारलाई भने क्षति भएको छैन । पहिलो ठक्कर नै यस ट्याक्सीलाई दिएको थियो । चालक पृथ्विचोक बस्ने वर्ष ३२ को बुद्धि कार्की प्रहरी सम्पर्कमा पुगेका थिए । वडा प्रहरी कार्यालय रामबजारका प्रमुख ईन्स्पेक्टर दिपक के.सी.को कमाण्डमा ११ जनाको टोली घटनास्थल पुगी उद्धारमा खटिएको थियो ।
हर्ष उल्लासको पर्व फागूपूर्णिमा अर्थात् होली । तर पोखरामा रमाईलोका बीच दुःखद घटना भएको छ ।

तस्विर शेखर गौतम
आफ्नै घरको छतमा होली खेल्ने क्रममा २ तला माथिबाट खसेर पोखरा लेखनाथ वडा नं. २ विन्दवासिनीका ११ वर्षीय बालक आविष्कार रेग्मीको ज्यान गएको प्रहरीले जनाएको छ । रवि रेग्मीका छोरा आविस्कार गण्डकी बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययन गर्दथे । परिवारमा सन्तानका रुपमा आविष्कार र उनकी दिदी मात्रै हुन् ।
आविस्कार र दिदी छतमा खेल्दै थिए । पूर्वान्ह १०ः५५ बजे भुईंमा रहेका एक आपसमा होली खेलिरहेका एक व्यक्तिलाई रंग पानीको बाल्टी खन्याउने क्रममा बाल्टीसँगै उनी भुईंमा पछारिए । दाहिने कञ्चट र पछाडि गर्धन बजारिएका कारण उनी बच्न सकेनन् ।
तत्काल फिस्टेल हस्पिटल पु¥याईएको थियो होलीको दिन डाक्टर समेत झण्डै एक घण्टा ढिला भएको परिवार सदस्यले जानकारी दिएका छन् । हेलिकप्टर समेत खोजिसकेपनि अन्तिममा फिस्टेल हस्पिटलमै अप्रेशनको तयारी गर्दागर्दै २ घण्टा ढिला भयो । अस्पताल ल्याईसकेपछि पनि आविस्कार कहिलेकाहिँ बोल्दै थिए । विस्तारै अचेत हुँदै गएको विद्यार्थी नेता शेखर गौतमले जानकारी दिए । साढे २ बजेतिर अस्पतालले मृत घोषणा ग¥यो ।
आविष्कारको तीन/चार थोपा आन्तरिक रक्तश्राव भएको देखिएको गौतमले जनाए । ‘काठमाण्डौ लैजान पनि ढिलो हुने, फिस्टेलले नै यहीं गर्न सकिन्छ भन्यो । डाक्टरसाब हस्पिटलमा नभएकाले १ घण्टा जस्तै ढिला भयो । पछि अप्रेशन कहाँ के गर्ने भन्दा भन्दै यहीं गर्ने भनेपछि आधा घण्टा नै ढिला भयो । काठमाण्डौ पनि लैजान नसकिने । यहाँ पनि यति सिरियस केसको हल नहुने । साह्रै नराम्रो भयो ।’ – गौतमले भने ।

तस्विरः शेखर गौतम
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु