एसके ‘आस्था’ थकाली, जोमसोम । कोरोना मुक्त भएर ग्रीनजोनको रुपमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका – २, छोसेरमा बुधबारबाट कोभिड अस्पतालको सेवा सुरु भएको छ ।
लोमान्थाङ गाउँपालिकाले निर्माण गरेको नवनिर्मित ५ कोठे भवनमा अस्थायी कोभिड अस्पतालको सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । २ हप्ताअघि कोभिड अस्पतालको गाउँपालिका अध्यक्ष सुबर्णकुमार बिष्टले उद्घाटन गरेका थिए ।
सरकारले कोरोना संक्रमित व्यक्तिको उपचारमा सहज रुपमा सहयोग पुर्याउन सरकारी अस्पताल नभएका स्थानिय तहमा ५ बेडको कोभिड अस्पताल बनाउनका लागि १० लाख बजेट लोमान्थाङ गाउँपालिकालाई निकासा गरेको छ थियो । सोहि बजेटको आधारमा लोमान्थाङ गापाले अस्थायी कोभिड अस्पतालका लागि बेड, औषधि र स्वास्थ्य उपकरण खरिद गरेको बिष्टले जानकारी दिए ।
उनका अनुसार सेवा सुरुसँगै तत्काल गापामा रहेका स्वास्थ्यकर्मीको परिचालन गर्ने र पछि मन्त्रालय तोकेको कार्यविधि अनुसार स्वास्थ्यकर्मी पदपूर्ति गरिने ईन्जिनियर घिमिरेले बताए । स्थानिय तहमा ५ बेडको कोरोना अस्थायी अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी गरी ४ जनाको जनशक्ति तोकिएको छ ।
विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमित व्यक्तिको प्राथमिक उपचार र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अस्थायी कोभिड अस्पतालको सेवा सञ्चालनमा आएपनि लोमान्थाङमा हालसम्म कोरोना संक्रमित व्यक्ति नभएको गापाले जनाएको छ । गाउँपालिकाले सम्भावित तथा संक्रमित व्यक्तिको उपचार तथा व्यवस्थापन गर्न सहज हुने गाउँपालिकाले बताएको छ ।
मुकाम केन्द्रित स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउँदै सरकारले स्थानिय तहलाई स्वास्थ्य अधिकार सम्पन्न बनाउन खोजेको हो । यसले कोभिड उपचार व्यवस्थापनमा सरकारले महत्वपूर्ण भुमिका खेलेको बताइएको छ। स्थानिय तह भित्रै स्वास्थ्य सेवाको अवसर प्राप्त हुनु नागरिकका लागि गर्वको बिषय भएको र यसबाट नन कोभिडका बिरामीलाई पनि सेवा दिन सकिने गाउँपालिकाको भनाई छ ।
यस्तै, आज लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा कोभिड अस्पतालले सेवा सुरु गरेको छ ।
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु