काठमाडौ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको चेन रेस्टुरेन्ट बाजेको सेकुवाले काठमाडौंको बाफलमा नयाँ १३औं शाखा सञ्चालनमा ल्याएको छ।
दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कमपनीले बाफल स्थित बाजेको सेकुवाको फ्राञ्चाइज राम शरण डङ्गोल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएका छन् ।
उपत्यका बाहिर पोखरा र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्क र डालासमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’ का रुपमा फ्राञ्चाइज सञ्चालनमा छन् ।
बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रा.लि.ले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि शहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको सन्चालक चेतन भन्डारीले बताए।
मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रा. लि.ले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडी बढाइरहेको छ । नेपालगन्ज, वीरगन्ज, धनगढी, विर्तामोड, हेटौंडा, बनेपा–धुलिखेल र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान, मलेसीया र बेलायतमा आगामी केही वर्ष भित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको भन्डारीले जानकारी दिए ।
काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर २ ओटा, उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १३ ओटा आउटलेटहरु सञ्चालनमा छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष