पोखरा । पोखरा महानगरपालिका २४ खड्गगाँउमा नेकपा परित्याग गरि एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
पोखरा २४ खड्गगाँउको समाजघरमा शुक्रबार आयोजित पार्टी प्रवेश समारोहमा नेपाली कांग्रेसका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताप बहादुर कार्कीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
लामो समय नेकपामा सक्रिय देविका भण्डारी सुवेदीको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सुवेदी सहित एन्जिला गौतम सुवेदी, विष्णु वि.क, सन्तु वि.क, टंक बहादुर भुजेल, विशाल शर्मा दाहाल, कुशल दाहाल, विशाल दाहाल, कृष्ण सुवेदी, प्रतिक्षा हमाल र राजु दाहाल लगायतका सक्रिय नेता कार्यकर्ता छन् ।
उनीहरुलाई पार्टी प्रवेशमा खड्गगाँउका कांग्रेस नेताहरु जिवनाथ दाहाल शर्मा र नरहरी दाहालको पहल गरेका थिए । नवप्रवेशी नेता कार्यकर्तालाई प्रमुख अतिथी भरत बहादुर अधिकारीले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न आग्रह गरे । भ्रष्ट सरकारको पछिल्लो गतिविधी आम सर्वसाधरणलाई मन नपरेको कारण धेरै जनताहरु कांग्रेस प्रवेशको तयारीमा रहेको हुनाले आफुहरुले पनि सोही अनुसार योजना बनाएर अगाडी बढेको बताए ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापति प्रताप बहादुर कार्कीले नव प्रवेशीहरुलाई स्वागत गर्दै कोही कसैको डर धम्कीमा नपरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी मनहरी सुवेदी, ट्रेड यूनियन कास्कीका उप सभापती तथा वडा इकाई सल्लाहकार डिल्लीराम भट्टराई, वडा इकाईका पूर्व सभापती तथा वर्तमान सल्लाहकार माधव शर्मा दाहाल, कास्कीकोट पोखरा सम्पर्क समितीका सचिव केशव दवाडी, समाजसेवी लाल बहादुर भुजेल, खड्गगाँउ टोल कार्य समितीका सभापती माधव दाहाल लगाएतले बोलेका थिए ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापती प्रताप बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगा गिरीले गर्नुभएको थियो भने स्वागत चन्द्रश्वर बस्ताकोटीले गरेका थिए ।
शुक्रबार नै पोखरा महानगरपालिका २४ का विष्णु बहादुर वि.कलाई आर्थिक सहयोग पनि गरिएको थियो । ने.वि संघका नेता पशुपती भट्टराईको पहलमा बाढी पहिरो पिडित वि.कलाई वडा कमिटी मार्फत नगद १० हजार सहयोग गरिएको हो ।
पिडित वि.क.लाई नेपाली कांग्रेसका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताव बहादुर कार्कीले रकम हस्तान्तरण गरका हुन् । वि.क. को घर तथा आँगन गत असार २७ गते आएको बाढी पहिरोले क्षति भएको थियो ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो