पोखरा – कोरोना संक्रमणका कारण शनिबार पोखरा महानगरका तीनजनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार तीनजना कोरोना संक्रमितको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका -१७ निवासी ५७ वर्षीय पुरुष रहेका छन् । गत कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान भर्ना भएका उनको शनिबार बिहान ४:०० बजे मृत्यु भएको हो ।
मृतक पुरुष निमोनिया र सुगरका विरामी समेत रहेको अस्पतालले जनाएको छ ।
यस्तो पोखरा -११ निवासी ७२ वर्षीया वृद्धाको पनि कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । गत बिहीबार कोरोना पोजेटिभ पुष्टि भई उपचारका लागि फिष्टेल अस्पताल भर्ना भएकी उनको शुक्रबार राती ८:४५ बजे मृत्यु भएको हो ।
यस्तै पोखरा -१२ निवासी ८० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु पुष्टि भएको छ । गत मङ्सिर -१६ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि फिष्टेल अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा शनिबार दिउँसो १२:१५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
आज थपिएका ३ मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस