गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहँदै आएको मन्दिर यहीँ आउँदो मंसिर २८ गतेदेखि खुल्ने भएको हो ।
गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गर्ने निर्णय गरेको हो । योसँगै सोही दिनदेखि मनकामना केबलकार सेवा समेत सञ्चालनमा आउने भएको छ ।
कोभिड–१९ का कारण गत चैतदेखि नै बन्द हुन पुगेको मन्दिर र सो मन्दिरसम्म पुग्ने केबलकार आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिका कार्यकारी निर्देशक (सिईओ) लेवेन्द्र गुरुङले बताए ।
यस्तो मापदण्ड संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि नै बनाएर सञ्चालन गरिनेसिईओ गुरुङको जानकारी दिए । यद्यपि, आइतबारदेखि मन्दिर खुल्ला गरिने भएपनि तत्कालका लागि भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा भने गर्न नपाउने गुरुङको भनाई छ ।
‘मन्दिर खुले पनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न्, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो । भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था हुन्छ’ गुरुङले भने । कोभिड–१९ को महामारीको संक्रमण र सन्त्रास बढेसँगै मनकामना मन्दिर र केबलकार गत चैत ८ गतेदेखि हालसम्म बन्द रहँदै आएको छ ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ