गोरखा । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ ।
मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो ।
संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।
‘संस्कृति महाशाखाको मापदण्डलाई टेकेर मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरिसकेका छौ,’ उनले भने, ‘भक्तजनहरुले उक्त कार्यविधि अनिवार्य रुपमा पालना गर्नुपर्छ ।’ कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको गुरुङले बताए ।
हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् । ‘मन्दिर खुलेपनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो, भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था भने हुन्छ,’ गुरुङले भने ।
मन्दिरमा बिशेष पूजाआजा नहुने र पशुपन्छीको बलि पनि नचढाइने उनले जानकारी दिए । मन्दिर र केवुलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
केवुलकार पनि सञ्चालनमा आउने
मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले बताए ।
‘मर्मत संभारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवेयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उनले भने । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर (एसओपी)’ निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार केवुलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ ।
‘यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्र राख्छौं, मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं,’ शेरचनले भने । केवुलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने उनले बताए ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव त्रिशूलीमा फेला
ट्याक्सी दुर्घटनामा निधन भएका एकै परिवारका सदस्य, एक अझै बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग