काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उनले भने, ‘कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा केन्द्रीय छ । त्यसले हामी २९ गते प्रदर्शन गर्दैछौं र त्यसमा सहमति हुन अपील गरेका छौं ।’
सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने छ । ‘२९ गतेको प्रदर्शन प्रारम्भिक मात्र हो, त्यसपछि अरु कार्यक्रम पनि गर्ने सल्लाह भएको छ’ उनले भने ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा