काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई दिन बिदा दिन सम्भव रहेको भन्दै प्रतिवेदन मार्फत सरकारलाई बिदा दिन सिफारिस गरेको हो ।
हप्तामा दुई दिन बिदा दिने प्रयोग अन्तर्राष्ट्रिय बजारमा समेत निकै सफल र व्यवहारिक देखिएको भन्दै समितिले सोही अनुसार नेपालले पनि गर्ने प्रयोग सक्ने जनाएको छ ।
हाल विश्वका ८८ भन्दा बढि मुलुकहरुमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेकोमा नेपालले पनि सोही प्रयोग गर्न सके, आन्तरिक पर्यटन प्रवद्र्धनका साथै सार्वजनिक खर्चमा कतौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धिल गायतका धेरै क्षेत्रमा फाइदा पुग्ने अध्ययन समितिले बताएको छ । जसले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत सकारात्मक प्रभाव पार्ने अध्ययनका क्रममा देखिएको समितिले बताएको छ ।
यसका लागि सरकारी कर्मचारीहरुलाई मात्र नभएर निजी क्षेत्रका कर्मचारीहरुलाई समेत सातामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने भन्दै अध्ययन समितिले निजी क्षेत्रलाई समेत प्रत्साहन गर्न सिफारिस गरेको छ ।
हाल नेपालमा हप्ताको एकदिन शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको नेतृत्वमा गठित अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी रहेका छन् ।
समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो । विज्ञहरुको राय, उद्योगी, ट्रेड यूनियनसँगको छलफलका निष्कर्षलाई समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’