पोखरा – मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले पोखरामा रक्तदान, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ ।
उक्त संस्थाका गण्डकी प्रदेश संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले पुष २ गते रक्तदान कार्यक्रम, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नेे जानकारी दिनुभयो ।
पोखरा रंगशालामा हुने कार्यक्रममा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनील शाहीलाई सुनको पदक सहित सम्मान गर्ने उहाँले बताउनुभयो ।
१३ औं सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरे वमोजिम सागमा वक्सिङका तर्फबाट स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको मेडलले सम्मान गर्न लागिएको उहाँले बताउनुभयो । “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस भन्नका लागि घोषणा गरेको थिएं सो बमोजिम सुनको पदकबाट सम्मान गर्न लागेका हौं ।” संयोजक गुरुङ वक्सिङका पूर्व खेलाडी तथा नेपाल बक्सिङ संघका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।
यसैगरी एकेडेमीले गत मंसिर ८ गते प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कँराते खेलाडी राजु नेपालीको परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरिने एकेडेमीका सचिब कृण्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला