काठमाडौ । बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ईकमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ।
कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने श्रेष्ठले बताए।
इनोभेसन हबमा कम्प्युटर, थ्री डि प्रीन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत परियोजनाको आवश्यकता अनुसारको उपकरण सुबिधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए। इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरि थप अवसर दिलाइने बताइएको छ।
गृहकार्य भन्दा बाहिर आएर विद्यार्थीले स्वतन्त्रता पुर्वक आफ्नो अनुसन्धान अगाडि बढाउन सक्ने इनोभेसन हबको नेतृत्व गरिरहेका कलेजका लेक्चर मनोज श्रेष्ठ बताउँछन् । श्रेष्ठ थप्छन् ‘विद्यार्थीहरु सफ्टवेयरमा मात्र नभुली हार्डवयरमा सफ्टवेयर इम्प्लीमेन्ट गर्न जोड दिउन् भन्ने हाम्रो चासो हो।’
विद्यार्थीले पाठ्यक्रम बाहिरको बिषयमा समेत अनुसन्धान गर्न सक्ने बताइएको छ। विद्यार्थीलाई हरेक अनुसन्धानमा आवस्यक मार्गदर्शन दिइने बताइएको छ।
‘सफ्टवारिका कलेजको मिसन भनेकै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्नु र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न तयार गर्नु हो, अध्यक्ष श्रेष्ठ भन्छन् ‘विश्वव्यापी रोजगारदाताहरूद्वारा मान्यता प्राप्त ब्रिटिश डिग्रीको फाइदा नेपालमै लिएर आफ्नो भविस्य निर्माण गर्न विद्यार्थीहरुले सफ्ट्वेरिका कलेजको साथ लिन सक्नुहुन्छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष