पर्वतमा एक सेवाग्राहीले मालपोत कार्यालय तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका हुन् ।
चार दिनसम्म काम नभएपछि आक्रोशित भएर तोडफोडमै उत्रिएको प्रत्यक्षदर्शीले जनाएका छन् । बेनी बस्दै आएका उनी घरमा सानो बच्चा छोडेर चार दिनसम्म बृद्ध बुबा र श्रीमतीलाई सङ्गै लिएर कुश्मा आएको स्थानियले जनाएका छन् ।
कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिए ।
कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु