गण्डकी छड्के टेलिभिजन कार्यक्रमबाट राष्ट्रिय ख्याती आर्जन गरेका पत्रकार अपिल त्रिपाठीले आफू नियमित हिँड्ने सडकको खाल्डो आफै पुर्छु भन्दै स्थानिय सरकारसँग अनुमति मागेका छन् ।
स्मार्ट सिटीको नारा अघि सार्दै खाल्डो देखेमा १ घण्टामा पुर्ने योजना अघि सारेर जितेका पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मात्र अपिलले यो नैतिक दबाब सिर्जना गर्न खोजेका हैनन्, पोखरा गण्डकी प्रदेशको राजधानी भएको र सरकार समेत यहीँ भएकाले एक्लो नागरिककोे यो काम सरोकारवाला निकायलाई लाजमर्दो बन्ने निश्चित छ ।
अपिलले महेन्द्रपुल र पालिखेचोकमा बनेका ठूला खाल्डाले आफ्नो नियमित आवतजावतमा समस्या परेको भन्दै सो खाल्डो आफ्नै श्रोत साधनमा पुरिदिने र यसका लागि अनुमति दिन पोखरा वडा नं. ३ र वडा नं. ४ कार्यालयलाई निवेदन दिएका छन् । वडा नं. ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजु र वडा नं. ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलालाई नै भेटेर निवेदन बुझाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्ः ‘सरकारसँग केही गुनासो छैन । आज कसैसँग केही प्रश्न गर्दिनँ । पोखराको महेन्द्रपुल र पालिखेचोक जस्तो सडकमा भएका डरलाग्दा खाल्डा आज आफै पुरिन्छ ।’

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो