गण्डकी छड्के टेलिभिजन कार्यक्रमबाट राष्ट्रिय ख्याती आर्जन गरेका पत्रकार अपिल त्रिपाठीले आफू नियमित हिँड्ने सडकको खाल्डो आफै पुर्छु भन्दै स्थानिय सरकारसँग अनुमति मागेका छन् ।
स्मार्ट सिटीको नारा अघि सार्दै खाल्डो देखेमा १ घण्टामा पुर्ने योजना अघि सारेर जितेका पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मात्र अपिलले यो नैतिक दबाब सिर्जना गर्न खोजेका हैनन्, पोखरा गण्डकी प्रदेशको राजधानी भएको र सरकार समेत यहीँ भएकाले एक्लो नागरिककोे यो काम सरोकारवाला निकायलाई लाजमर्दो बन्ने निश्चित छ ।
अपिलले महेन्द्रपुल र पालिखेचोकमा बनेका ठूला खाल्डाले आफ्नो नियमित आवतजावतमा समस्या परेको भन्दै सो खाल्डो आफ्नै श्रोत साधनमा पुरिदिने र यसका लागि अनुमति दिन पोखरा वडा नं. ३ र वडा नं. ४ कार्यालयलाई निवेदन दिएका छन् । वडा नं. ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजु र वडा नं. ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलालाई नै भेटेर निवेदन बुझाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्ः ‘सरकारसँग केही गुनासो छैन । आज कसैसँग केही प्रश्न गर्दिनँ । पोखराको महेन्द्रपुल र पालिखेचोक जस्तो सडकमा भएका डरलाग्दा खाल्डा आज आफै पुरिन्छ ।’

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु