पोखरा – गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङ्गजालाई ११ रनले पराजित गरेको छ । टस जितेको स्याङ्गजाले क्षेत्ररक्षण रोजेपछि व्याटिङ्गमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन जोडे ।
स्याङ्गजाको बलिङ्गमा अशोक श्रेष्ठ र सुरज गुरुङ्गले तीन तीन विकेट लिए भने विष्णु पाण्डेले दुई तथा मिलन लुइटेल र सुजन गौतमले एक एक विकेट लिए । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्गजाले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । स्याङ्गजाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रन जोडे । तनहुँको बलिङ्गमा करुण सिरमला, राजु गुरुङ्ग र चन्द्रकान्त पौडेलले दुई दुई विकेट लिए । विनय भण्डारीले एक विकेट लिए ।
ब्याटिङ्गतर्फ १७ रन तथा बलिङ्गतर्फ २ विकेट लिएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच भए । उनलाई तनुहँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ भिड्नेछन् ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो