पोखरा – गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङ्गजालाई ११ रनले पराजित गरेको छ । टस जितेको स्याङ्गजाले क्षेत्ररक्षण रोजेपछि व्याटिङ्गमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन जोडे ।
स्याङ्गजाको बलिङ्गमा अशोक श्रेष्ठ र सुरज गुरुङ्गले तीन तीन विकेट लिए भने विष्णु पाण्डेले दुई तथा मिलन लुइटेल र सुजन गौतमले एक एक विकेट लिए । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्गजाले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । स्याङ्गजाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रन जोडे । तनहुँको बलिङ्गमा करुण सिरमला, राजु गुरुङ्ग र चन्द्रकान्त पौडेलले दुई दुई विकेट लिए । विनय भण्डारीले एक विकेट लिए ।
ब्याटिङ्गतर्फ १७ रन तथा बलिङ्गतर्फ २ विकेट लिएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच भए । उनलाई तनुहँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ भिड्नेछन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो