तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको ५ महिनामा ५५ लाख ४२ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पछिल्लो पाँच महिनामा ८ हजार १५० वटा सवारी साधन कारबाहीमा पर्दा ५५ लाख ४२ हजार रुपैयाँ राजस्व जम्मा भएको हो । उक्त अवधिमा २ हजार १४३ ट्रक, बस ४ सय २१, जीप/कार १८८२, ट्याक्टर ५०२, ३ हजार १७२ मोटरसाइकल र ३० वटा अन्य सवारी चालक कारबाहीमा परेका छन् ।
बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।
यस्तै पछिल्लो ५ महिनाको अवधिमा २९ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ११ जनाको ज्यान गएको र ३२ जना गम्भीर र ३० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
यस्तै चालु आवमा ६१ जनालाई मादक पदार्थ सेवन अन्तर्गत कारबाही गरिएको र ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
अघिल्लो आवमा १ करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । त्यस्तै २१ हजार १५० वटा सवारी कारबाहीमा परेका थिए ।
गत आवमा ३८ वटा दुर्घटना भएकोमा ४४ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा ६३ जना गम्भीर घाइते भएका थिए भने ८५ जना सामान्य घाइते भएका थिए ।
सम्बन्धित खबर
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’