एजेन्सी । थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्नकी प्रेमिका सिनित वोंगवजिरापकडीको करिब एक हजार फोटो सार्वजनिक भएको छ । द टाइम्स डट को डट यूकेको रिपोर्ट अुनसार यीमध्ये धेरैजसो नग्न फोटो समावेश छन् ।
राजाकी श्रीमती सुथिडा र प्रेमिकाम सिनितबीच झगडाका कारण तस्बिर लिक भएको धेरैले अनुमान गरेका छन् । सुथिडा थाइल्याण्डकी रानी हुन् ।
थाइल्याण्डका राजाकी प्रेमिका सिनितको फोटो यस्तो समयमा लिक भएको छ जब उनी जेलबाट बाहिर निस्किएर राजाको नजिक पुगेकी छिन् । गत वर्ष आश्चर्यजनक रुपमा प्रेमिकालाई जेलमा बन्द गरिएको थियो । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेको थियो ।
डेली मेलको रिपोर्ट अनुसार सिनितको नग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ । यी तस्बिर सन् २०१२ देखि २०१४ बीच खिचिएको हो । सुनित आफैंले नै यी तस्बिर खिचेको बुझिएको छ ।
थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ । थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् ।
यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।
४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् । सुथिडा महारानी हुनुअघि थाई एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् जबकी सिनत आर्मी नर्स थिइन् ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु