तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका १९ जना व्यक्ती पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा विगत १ वर्ष देखी फरार रहेका जिल्लाको शुक्लागण्डकी-१ थप्रेक बस्ने वर्ष ४९ को सुक बहादुर दमाईलाई प्रहरी पक्राउ गरेको छ । दमाईमाथि तनहुँ जिल्ला अदालतको मिति २०७६ असार २३ गतेको फैसलाले ५ वर्ष कैद तोकेको छ ।
त्यस्तै अबैध सालको काठ ओसार पसार मुद्दामा ७ वर्षदेखी फरार रहेका जिल्लाको शुक्लागण्डकी-१ थप्रेक बस्ने वर्ष ३० को निरज सुनारमाथी तनहुँ जिल्ला अदालतको मिति २०७० चैत ८ गतेको फैसलाले १ वर्ष कैद तोकेको छ ।
यसैगरी सवारी ज्यान मुद्दामा ५ जना, जालसाजी मुद्दामा ३ जना, लुटपिट ३ जना, सम्बन्ध बिच्छेद २ जना, बहुबिवाह १ जना, कुलोपानी खिचोला १ जना, लिखत बेईजती १ जना र घरेलु हिसां १ गरी जम्मा १९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
गत गत पुस ५ गते देखी आइतबारसम्म विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ गरि उनीहरुबाट तोकिएको ६ वर्ष ७ दिन कैद र रु ८,७६१ जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण