एसके थकाली, जोमसोम । कोरोनाका कारण ९ महिनादेखि बन्द मुस्ताङका होटल खुलेका छन् । मुस्ताङ होटल व्यवसायी संघको पहलमा जिल्लाका होटल व्यवसायीको सहमतिपछि यही हप्तादेखि होटल खोलिएको हो ।
अब मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउमा सहज भएको छ । मुस्ताङका होटल व्यवसायीले फागुन १ गतेमात्र होटल खोल्ने बताएका थिए । एक साताअघि म्याग्दीका होटल व्यवसायी र अन्य पर्यटनसँग आवद्ध संघ, संस्थाले दवाव दिएपछि मुस्ताङका होटल व्यवसायी होटल खोल्न राजी भएका हुन् ।
मुस्ताङ उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ मुस्ताङ अध्यक्ष खगेन्द्र तुलाचनले पुस १३ बाट मुस्ताङका होटलहरु खुलेको जानकारी दिए । अध्यक्ष तुलाचनले २ महिनाअघिसम्म सरकारले निषेधाज्ञा फुकुवा गरेको र धार्मिक तथा पर्यटकीय गन्तव्य खुल्दै गएको भए पनि मुस्ताङमा कोभिडको जोखिम कायमै रहेकाले होटल खोल्ने अवस्था नरहेको उनले बताए । स्थानीय प्रशासन र होटल व्यवसायीको समन्वयमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल खोलिएको उनले बताए ।
होटल बन्द हुँदा लिजमा होटल व्यवसाय गर्ने व्यवसायी समस्यामा थिए । गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल सञ्चालनमा आए पनि मुस्ताङमा कोरोना त्रासका कारण होटल खोलिएको थिएन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मुस्ताङ आउजाउ गर्ने पर्यटक र सर्वसाधारणलाई अब कुनै अवरोध नहुने जानकारी दिईन । स्थानीय प्रशाासन, मुक्तिनाथ विकास समिति र होटल व्यवसायीको सहमतिमा मुक्तिनाथ दर्शनका लागि मन्दिर खोल्ने योजना उनले सुनाइन् ।
मुक्तिनाथ मन्दिर र कागबेनीधाम चैत १० यता बन्द छन् । मुस्ताङका स्थानीय तहले कोभिड १९ को जोखिम भन्दै मुस्ताङभित्रै लकडाउन गरेका थिए । होटल खोल्ने निर्णयले स्थानीय व्यवसायी उत्साहित भएका छन् । मुस्ताङका होटल व्यवसायीले कोभिड १९ को असरले होटल बन्द गर्नुपर्दा ठूलो व्ययभार थपिएको दुखेसो गरेका छन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा