पोखरा, २३ फागुन । अखिल नेपाल फुटवल संघ (एन्फा) को अध्यक्षका प्रत्यासी कर्मा छिरिङ शेर्पाले फुटबलमा रहेको हुकुमी शैली अन्त्य गर्ने घोषणा गरेका छन् ।
आगामी चैत १४ गते हुने एन्फाको १६ औं अधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका उनले पोखरामा आयोजित कार्यक्रममा आफू अध्यक्षमा निर्वाचित भए नेपाली फुटबलमा रहेको हुकुमी शैलीको अन्त्य गरेर विधिको शासन स्थापित गर्ने बताएका हुन् ।
घुमाउरो पारामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाको हुकुमी शैलीले फुटबल बिग्रेको आरोप लगाउँदै उनले एन्फामा रहेको विकृति विसंगतिको अन्त्य गर्ने उद्घोष गरे । नेपाली फुटबल क्षेत्रले परिवर्तन खोजिरहेको भन्दै शेर्पाले भने, ‘नेपाली फुटबलले परिवर्तन खोजिरहेको छ, खास गरेर नेतृत्व परिवर्तन, नेतृत्वको कार्यशैली परिवर्तन, भ्रष्टाचारको अन्त्य र ब्यवस्थित ढंगको सञ्चालन, म यसैका लागि उम्मेदवार बनेको हुँ ।’
शेर्पाले देश दौडाहाका क्रममा कास्कीसम्म आइपुग्दा निर्वाचन जितिसकेको महसुस भएको बताए । जुन जिल्लामा पुगे पनि सबैले सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र कास्कीले देखाएको दृढता र समर्थनले आफूसहित आफ्नो प्यानललाई नै जित सुनिश्चित गरेको शेर्पाले दावी गरे ।
उनले ७७ भोटमध्ये हालसम्म ७३ समितिले पूर्णता पाएको र भक्तपुर, नवलपरासीको बाँकी रहँदा आफू भारी मत ल्याएर बिजयी हुने लक्षण देखिएको दावी गरे । ‘यो सब यसअघि फुटबलमा भएका विकृति बिसंगतिबिरुद्ध मैले उठाएको आवाजका कारण हो, मेरो जित सुनिश्चित जस्तै छ ।’
शेर्पाले आफू अध्यक्ष भए फुटबलको गुरु योजना बनाएर काम गर्ने फेहरिस्त सुनाए । फुटबल तल्लो तहबाटै सिकाउने पद्धति नहुँदा खेलाडी उत्पादनमा समस्या रहेको भन्दै उनले आफू अध्यक्ष भएपछि स्थानीय तहमा फुटबल टे्रनिङ सेन्टर र प्रदेश स्तरमा सबै प्रदेशमा फुटवल एकेडेमी बनाउने घोषणा गरे ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो