पर्यटकीय गन्तव्य घान्द्रुक खुल्ने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले लगाएको लकडाउनपछि बन्द भएको ९ महिनापछि अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गन्तव्य घान्द्रुक माघ १ गतेदेखि खुल्ने भएको हो ।
अन्नपूर्ण क्षेत्र भित्रको महत्वपूर्ण गन्तव्य मानिने घान्द्रुक माघ १ गतेदेखि खोल्ने निर्णय गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कोभिड संक्रमण घान्द्रुकबासीलाई मात्र नभई पर्यटकलाईसमेत नफैलियोस् भन्ने उद्धेश्यले अहिलेसम्म बन्द राखिएको घान्द्रुक जोखिम केहि न्यूनिकरण भएकाले खोल्न लागिएको समितिका अध्यक्ष किसम गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले शुरुमा कोभिडका कारण डराएर घान्द्रुक नखोल्दा आलोचना भएपनि स्थानिय र पर्यटक बचाउनका लागि आलोचना सहेर भएपनि घान्द्रुक खोल्न हतार नगरेको उनको भनाई छ । तर लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित घान्द्रुकबासी मारमा पर्दै गएकाले अब खोल्नलाई ढिलाई गर्न हुँदैन भन्ने लागेपछि खोल्न लागिएको उनले बताए । घान्द्रुक क्षेत्र खोलिएपनि कोरोना भाईरस संक्रमण रोक्नका लागि स्वास्थ्यको प्रोटोकल भने पूरा गरिने बताए ।
सम्बन्धित खबर
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग