पर्यटकीय गन्तव्य घान्द्रुक खुल्ने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले लगाएको लकडाउनपछि बन्द भएको ९ महिनापछि अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गन्तव्य घान्द्रुक माघ १ गतेदेखि खुल्ने भएको हो ।
अन्नपूर्ण क्षेत्र भित्रको महत्वपूर्ण गन्तव्य मानिने घान्द्रुक माघ १ गतेदेखि खोल्ने निर्णय गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कोभिड संक्रमण घान्द्रुकबासीलाई मात्र नभई पर्यटकलाईसमेत नफैलियोस् भन्ने उद्धेश्यले अहिलेसम्म बन्द राखिएको घान्द्रुक जोखिम केहि न्यूनिकरण भएकाले खोल्न लागिएको समितिका अध्यक्ष किसम गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले शुरुमा कोभिडका कारण डराएर घान्द्रुक नखोल्दा आलोचना भएपनि स्थानिय र पर्यटक बचाउनका लागि आलोचना सहेर भएपनि घान्द्रुक खोल्न हतार नगरेको उनको भनाई छ । तर लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित घान्द्रुकबासी मारमा पर्दै गएकाले अब खोल्नलाई ढिलाई गर्न हुँदैन भन्ने लागेपछि खोल्न लागिएको उनले बताए । घान्द्रुक क्षेत्र खोलिएपनि कोरोना भाईरस संक्रमण रोक्नका लागि स्वास्थ्यको प्रोटोकल भने पूरा गरिने बताए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह