राजकिरण छत्कुली हेटौँडा, २४ फागुन / २३ औं मिस नेपाल चयन गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो वर्ष २०१८ मा कूल २५ प्रतियोगी मिस नेपाल बन्ने रेसमा छन् । भोटिङ प्रक्रिया समेत खुल्ला भइसक्यो । २३ औं मिस नेपाल बन्न हेटौंडाकी चेली श्रृंखला खतिवडा प्रतिष्पर्धामा होमिएकी छिन् ।
पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर शिक्षा लिएकी श्रृंखला यसपटक मिस नेपालको ताज शिरमा पहिर्याउने उद्देश्यले प्रतियोगी बनेकी छन् । उनी मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्ने एकमात्र युवती हुन् । २२ वर्षीया श्रृंखलाको उचाई ५ फिट ६ ईञ्च रहेको छ । लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रुपमा उनको कार्यअनुभव छ ।
सौन्दर्य प्रतियोगितामा होमिएकी उनको पारिवारिक पृष्ठभूमि भने राजनीतिक हो । बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ का निर्वाचित नेकपा एमाले सांसद हुन् । आमा मुनु सिग्देल पार्टीकै जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हुन् । परिवारले राजनीतिक परिवारका छोरी रोलमोडल बनोस् भन्ने उद्देश्यले प्रतियोगितामा पठाउन कुनै रोकतोक गरेका छैनन् ।
मिस नेपाल भन्ने बित्तिकै नकरात्मक सोच राखिने समाजमा सकारात्मक सोच राखुन्, सौन्दर्य प्रतियोगिताका साथै विश्वमाझ नेपालको प्रतिनिधित्व गर्ने अवसर रहेकाले यसतर्फ आकर्षण बढोस् भन्ने श्रृंखलाका परिवार चाहन्छ ।
मकवानपुरे चेलीलाई भोट गर्न MN space 25 गरेर 33001 मा send गर्नु पर्दछ । भोट गरी जिताउन सबैलाई आग्रह गरिएको छ । भोट आगामी अप्रिल ११ बुधबार राति ८ बजेसम्म गर्न पाइनेछ ।

हेर्नुहोस् श्रृंखलालाई १२ तस्विरमा:
.

.

.

.

.

.

.

.

.

.

.

तस्विरः श्रृंखला खतिवडाका फेसबुक तथा इन्स्टाग्राम
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा