एसके थकाली, जोमसोम । कोभिड—१९ माहामारीले मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटक घटेका छन् ।बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक आवागमनले गुल्जार हुने मुस्ताङ २०२० मा भने सुनसान रह्यो ।
बर्सेनि ६० हजार विदेशीले मुस्ताङ भ्रमण गर्ने गरेको भए पनि सन् २०२० मा ४ हजार ९ सय ४७ मात्र यहाँ आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार मुस्ताङमा सन् २०१९ को तथ्याङ्क हेर्दा ५२ हजार ६ सय १८ विदेशी पर्यटक कम आएको देखिन्छ ।
एक्याप जोमसोम कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले २०२० को अघिल्ला ३ महिनामा ४ हजार ९ सय ४७ विदेशी यहाँ आएको जानकारी दिए । उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पनि ६० प्रतिशतले घटेका छन् । ५ हजार विदेशी पर्यटक पुग्ने उपल्लो मुस्ताङमा सन् २०२० का ३ महिनामा ६२ जनामात्र पुगेका छन् ।
उपल्लो मुस्ताङको फरक भूगोल, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रहनसहन अध्ययन र अवलोकन गर्न विदेशी पर्यटकले अध्यागमन विभागमा ५ सय डलर तिर्नुपर्छ । पछिल्लो समय म्याग्दी हँुदै मुस्ताङ सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको भीड लाग्ने गथ्र्याे । मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक पर्यटक उपल्लो मुस्ताङको कोरलानाकासम्म पुग्थे ।
थला परेको पर्यटन सन् २०२१ मा भने लयमा फर्किनेमा मुस्ताङका पर्यटन व्यवसायी आशावादी छन् । होटल ताजकी सञ्चालक तृष्णा गौचन मुक्तिनाथ खुलेसँगै पर्यटक आउनेमा आशावादी छिन् । मुस्ताङका होटल व्यवसायी मुक्तिनाथ खुलेपछि होटल बुकिङ सुरु भएको बताउँछन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु