काठमाडौँ । क्याप्टेन विजय लामा नेपाली फिल्मका अभिनेता पनि हुन् । नेपाली वायु सेवाका बरिष्ठ पाइलट उनी मल्टिमिडियामा पोख्त पनि छन् । उनको आफ्नै नामको युट्यब च्यानलमा डेढ लाख बढी फलोअर्स छन् । उनले वैदेशिक उडानका क्रममा विभिन्न भिडियोहरु प्रायः पोष्ट गर्छन् । जय चन्द्र सूर्य भन्दै उनी भिडियोमा गफिन्छन्, जानकारी दिन्छन्, सहकर्मीलाई समेट्छन् । नेपाली यात्रु र विभिन्न देशमा विमानस्थलमा रहेका नेपालीसँग कुराकानी गर्छन् । उनको यो कार्यलाई सबैले रुचाएका थिए । अब उनी यस कार्य गर्नबाट बञ्चित भएका छन् ।
कान्तिपुरका अनुसार उडान सुरक्षामा असर पर्ने कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले नियमित उडानमा संलग्न हुने नेपाली वायुसेवाका सबै साना ठूला विमानका चालक लगायत उड्डयनकर्मीलाई उडानका क्रममा फोटो तथा भिडियोग्राफी गर्न रोक लगाएको छ ।
प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले पुस १५ गते उडान सञ्चालन मापदण्ड संशोधन गर्दै उडानका क्रममा वायुयानको चालक कक्ष (ककपिट) तथा बोर्डमा पाइलट, एयर होस्टेस, इन्जिनियर, टेक्निसियन तथा फ्लाइट डिस्प्याचर र ककपिटको जम्पसिटमा बस्ने तेस्रो चालक वा प्राविधिकलाई लागू हुने गरी कुनै पनि प्रकारका यन्त्र तथा उपकरणबाट फोटो र भिडियो नखिच्न कडाइ गरेको हो ।
प्राधिकरणले यदि कुनै पनि चालक दलका सदस्यलाई फोटो तथा भिडियोग्राफी गर्नु पर्ने आवश्यकता भएमा उडानअघि महानिर्देशक वा अन्य सरोकारवाला अधिकारीसँग लिखित अनुमति लिन सकिने भनेको छ ।
तर, अनुमति बिना गरिने फोटो तथा भिडियोग्राफीमा प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले कारबाही गर्ने जनाएको छ । विभागले यो नियमबारे नेपालमा दर्ता भएका नौवटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई पत्राचार गरिसकेको जनाएको छ ।

सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष