अब चाहेजति सबैले लाइसेन्स फारम भर्न सक्ने

अब चाहेजति सबैले लाइसेन्स फारम भर्न सक्ने

driving license trial

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दिंदा अनलाइन आवेदन गर्ने क्रममा हुने झन्झट हट्ने भएको छ । यातायात कार्यालयहरुले अनलाइन प्रणालीलाई अनलिमिटेड बनाउन लागेकाले लाइसेन्स लिन समस्या नहुने भएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सातवटै प्रदेशमा लागू हुनेगरी सवारी अनुमतिपत्र अनलाइन फाराममा रहेको कोटा प्रणाली हटाउने छौं, सम्भवतः यसै साताबाट यसबाट अनुमतिपत्रको लागि आवेदन दिन चाहने सबै सेवाग्राही लाभान्वित हुने छन् ।” तर, विभागले लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा भने कोटा तोकेरमात्र सेवाप्रवाह गर्ने विभागले जनाएको छ । सवारी चालक अनुमतिपत्र दिने कार्यालयहरूको कार्यक्षमताको आधारमा विभागले लिखित परीक्षा र प्रयोगात्मक परीक्षा गर्ने गरी आन्तरिक तयारी गरेको विभागको भनाइ छ ।

वेबसाइटको स्तरोन्नतिसिँगै लोड सन्तुलनका लागि विभागले काम सुरु गरिसकेकोले गर्दा आगामी दिनमा धेरै प्रयोगकर्ताहरूले एकैपटक सेवा लिन सक्ने गरी विभागले सर्भरको क्षमता वृद्धि गरिरहेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ