शुक्रबारदेखि सुरु भएको चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशलाई कठिन लक्ष्य प्रस्तुत गरेको आर्मीले उसलाई ९८ रनले हराएको हो।
टस जितेर ब्याटिङ रोजेको आर्मीले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २८७ रन बनाएको थियो। २८८ रनको लक्ष्यका साथ मैदान पसेको गण्डकी १९० रनमा समेटियो। आर्मीको जितका लागि कप्तान विनोद भण्डारीले १११ रनको सतकीय इनिङ खेले। उनले ७६ बलमा १४ बाउन्ड्री प्रहार गरे।
त्यस्तै, राष्ट्रिय टिमका राजु रिजाल अर्धशतक बनाउनबाट पाँच रनले चुक्दा मध्यक्रममा आएका राजेश पुलामीले ३८ रन प्रहार गरे भने लोकेश बम ४२ रन बनाएर अन्तिम बलमा विदा भए।
यता गण्डकीका लागि विपिन कार्की र विशाल पौडेलले समान २–२ विकेट चट्काए। त्यस्तै दिपेश खत्रीले एक विकेट गिराए।
जितका लागि दुई सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा एक सय ८९ रन बनाउँदै अलआउट भयो । उसका लागि समीर कँडेलले ५० रन जोडे । त्यस्तै कप्तान विपिन खत्रीले अविजित ३७ र अर्जुन कुमालले ३६ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन ।
गण्डकीलाई एक सय ८९ रनमा रोक्न आर्मीका राजेश पुलामीले पाँच विकेट लिए । त्यस्तै भीम सार्कीले तीन तथा रोहित पौडेल र आकाश चन्दले एक–एक विकेट लिए ।
सम्बन्धित खबर
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित
गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको अध्यक्षमा रञ्जित सर्वसम्मत
पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग
पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ
प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग