पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गलबारदेखि सवारी साधनको अस्थायी रुट परमिट जारी गर्न थालेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको २०७७ मङ्सिर ८ गतेको सचिवस्तरीय निर्णयअनुसार म्याग्दी र पर्वतस्थित पूर्वाधार विकास कार्यालयबाट अस्थायी (पटके) रुट परमिट जारी गर्ने निर्णय भएको थियो ।
सो निर्णयअनुसार बेनीस्थित पूर्वाधार कार्यालयले मङ्गलबारदेखि पटके रुट परमिट जारी गर्न शुरु गरेको कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो । इजाजत पाएको भन्दा बाहिरी क्षेत्रको सडक प्रयोग गर्दा सवारी साधनले प्रतिकिलोमिटर रु दुईका दरले पटके रुट परमिट लिनुपर्ने नियम छ ।
“मन्त्रालयले मौजुदा कर्मचारीबाटै काम गर्ने गरी पटके रुट परमिट जारी गर्ने अधिकार दिएको छ”, पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले भन्नुभयो, “यातायात व्यवस्था र सेवा कार्यालय नभएको जिल्लामा पूर्वाधार विकास कार्यालयलाई पटके रुट परमिट दिने जिम्मेवारी प्रदान गरिएको छ ।”
यसअघि बाहिरी जिल्लाबाट यहाँ आउने र यहाँबाट बाहिर जाने सवारी साधनका लागि अस्थायी रुट परमिट लिनका लागि यातायात व्यवस्था कार्यालय बागलुङ पुग्नुपर्ने समस्या थियो ।
बागलुङ जान अपायक पर्ने र असुविधा हुने गरेको थियो । यो सुविधाबाट धवलागिरि क्षेत्रका सडकमा गुड्न अनुमति पाएका सवारी साधन पोखरालगायत जिल्लामा जाने क्रममा अस्थायी रुट परमिट लिन सहज हुने अपेक्षा गरिएको छ । नीलगिरि यातायात प्रालिका अध्यक्ष विजय थापाले बेनीमै पटके रुट परमिट पाउने सुविधाले व्यवसायीलाई सहज भएको बताए ।
सम्बन्धित खबर
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
टिकटक बनाउने क्रममा बेनीस्थित कालिगण्डकी नदीमा चिप्लिएर २२ बर्षिय युवक बेपत्ता
पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते
पकेट क्षेत्रमा आलु उत्पादन घट्यो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’