हामी गर्न सक्छौँ सहयोगी हातहरु (वी क्यान डु हेल्पिङ ह्याण्डस् ) संस्थाले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम गर्दै पोखरा १९ लामाचौरमा रहेको कल्याणी बाल गृहमा भोजन , स्टेसनरी सामाग्री, स्कुल ड्रेस लगाएतका सामाग्री वितरण गरेको छ ।
वि.स. २०७४ सालमा स्थापना भएको उक्त संस्थाले स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा काम गर्दैैै आईरहेको छ । कहरले हैन रहरले सहयोग गरौँ मुख्य भावका साथ स्थापना भएको उक्त संस्थाले विगत ४ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरेको संस्थाका अध्यक्ष सुबास पौडेले बताए ।
निवर्तमान अध्यक्ष सोमनाथ अधिकारी संस्थापक इन्दु शर्माको उपस्थीतीमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियान्ता लक्ष्मी पाण्डेको आतिथ्यता रहेको थियो भने अतिथि बाल अाश्रमका बालबालिकाहरू , ईन्दराज्य लक्ष्मि मा.विका प्राचार्य केशव प्रसाद अम्गांई र कल्याणि बाल अाश्रमकाे संयाेजक कुमारी भवानिको उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले वर्तमान अवस्थामा युवाहरुले गरेको काम निकै प्रशंसा भएको बताइन् ।

अध्यक्ष पौडेलले आगामी दिनमा संस्थालाई व्यवस्थित गरि संस्थामा भावी योजना बनाइ थप सामाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढ्ने बताए ।एलिशा आर्चाय र गोविन्द परियारको संयोजकत्वमा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष सुजन बास्ताकोटीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ