हामी गर्न सक्छौँ सहयोगी हातहरु (वी क्यान डु हेल्पिङ ह्याण्डस् ) संस्थाले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम गर्दै पोखरा १९ लामाचौरमा रहेको कल्याणी बाल गृहमा भोजन , स्टेसनरी सामाग्री, स्कुल ड्रेस लगाएतका सामाग्री वितरण गरेको छ ।
वि.स. २०७४ सालमा स्थापना भएको उक्त संस्थाले स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा काम गर्दैैै आईरहेको छ । कहरले हैन रहरले सहयोग गरौँ मुख्य भावका साथ स्थापना भएको उक्त संस्थाले विगत ४ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरेको संस्थाका अध्यक्ष सुबास पौडेले बताए ।
निवर्तमान अध्यक्ष सोमनाथ अधिकारी संस्थापक इन्दु शर्माको उपस्थीतीमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियान्ता लक्ष्मी पाण्डेको आतिथ्यता रहेको थियो भने अतिथि बाल अाश्रमका बालबालिकाहरू , ईन्दराज्य लक्ष्मि मा.विका प्राचार्य केशव प्रसाद अम्गांई र कल्याणि बाल अाश्रमकाे संयाेजक कुमारी भवानिको उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले वर्तमान अवस्थामा युवाहरुले गरेको काम निकै प्रशंसा भएको बताइन् ।

अध्यक्ष पौडेलले आगामी दिनमा संस्थालाई व्यवस्थित गरि संस्थामा भावी योजना बनाइ थप सामाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढ्ने बताए ।एलिशा आर्चाय र गोविन्द परियारको संयोजकत्वमा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष सुजन बास्ताकोटीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो