गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले लमजुङको बेसीसहरमा शाखा खोलेको छ । युआरएलले बेंसीसहर शाखाबाट बिहीबारदेखि सेवा दिन थालेको छ । वेंसीसहर ८ शेराचोकमा रहेको यो युआरएलको तेस्रो शाखा हो ।
सेवा सुरुआतको अवसरमा युआरएलले वेसीसहर शाखामा मधुमेह र युरिक एसिड जाँच सित्तैमा र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिएको छ । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले छुट फागुन १५ गतेसम्म कायम हुने जानकारी दिए ।
करिब डेढ करोड लगानीमा स्थापना भएको शाखाले सबै प्रकारका रक्त जाँच गर्ने पन्तले बताए । उनले भने, ‘रगत जाँचका लागि अब लमजुङबाट पोखरा, काठमाडौं धाउनुपर्दैन । दक्ष र अनुभवी जनशक्तिबाट समयमै गुणस्तरीय सेवा दिन्छौं ।’ अध्यक्ष पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी प्रदेशका मुख्य सहरहरुमा शाखा विस्तार गर्ने योजना सुनाए ।
यसअघि युआरएलले तनहुँको दमौली र दुलेगौंडामा खोलिसकेको छ । २०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलको प्रधान कार्यालय पोखराको न्युरोडमा छ । करिब ८ करोड लगानी रहेको युआरएलले अहिलेसम्म साढे २ लाखलाई सेवा दिइसकेको छ ।
सम्बन्धित खबर
लमजुङमा पहिरोले घर भत्किँदा बाबु-छोरीको मृत्यु
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन