पोखराको बगर भाइ खलकको आयोजनामा १० औं बगर भाइ खलक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता फागुनको अन्तिम साता हुने भएको छ ।
भाइ खलकको पोखरामा शनिबार सम्पन्न कार्यसमितिको वैठकले “चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइ खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” आगामी फागुन २४ देखि २९ गतेसम्म पोखराको टुँडीखेल मैदानमा आयोजना गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ संयोजक तथा उपाध्यक्ष तेज गुरुङ सह–संयोजक रहने गरी १ सय ५ सदस्यीय मुल आयोजक कमिटी गठन गरेको छ । त्यसैगरी आर्थिक समितिको संयोजकमा इश्वर गुरुङ, मञ्च व्यवस्थापनमा ओमकार गिरी, प्राविधिक तथा अनुशासनमा दिनेश कुमार श्रेष्ठ, सचिवालयमा याम गुरुङ, यूवा तथा स्वयं सेवक परिचालनको संयोजकमा धन कुमार गुरुङ र सह–संयोजकमा खगेन्द्र गुरुङ रहका छन् ।

त्यसैगरी सुरक्षा व्यवस्थापन समितिको संयोजकमा नारायण प्रसाद शर्मा, टीम व्यवस्थापनमा र्इश्वर गुरुङ ‘चन्द्र’, प्राथमिक उपचारमा बाबुराम पौडेल, प्रचार–प्रसारमा मानकाजी गुरुङ, अतिथी सत्कारमा रमेश कुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्धमा मदन केसी र बसोबास व्यवस्थापनको संयोजकमा हिटलर घले रहेको भाई खलकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टीमले प्रथम पुरस्कार विजेताले नगद १ लाख ११ हजार, उपविजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । त्यसैगरी यस वर्षदेखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार दिइनेछ । त्यस्तै, अनुशासित टिम, प्रतियोगितामा सहभागी सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
करिव १२ लाख खर्च हुने उक्त प्रतियोगितामा मित्र राष्ट्र भारत र नेपालका गरी करीब २५ टिमको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिएका छन् । केही दिन अघि मात्रै बगर भाई खलकले हेटौंडामा सम्पन्न भेट्रान्स फुटबलमा उपाधि विजेता रहेकोले पनि निकै जोशका साथ १० औं सस्करण आयोजना गर्न अघि बढेको अध्यक्ष गुरुङले बताएका छन् ।
आयोजना हुने प्रतियोगिता अघि टुँडी खेल मैदान निर्माण कार्य समेत अघि बढ्ने अध्यक्ष गुरुङले जानकारी दिएका छन । यूवा तथा खेलकुद मन्त्रालयको पहलमा गत वर्ष १५ लाख खर्च गरि टुँडी खेल संरक्षणको अभियान शुरु गरिएको र यो वर्ष करिव २५ लाख खर्च गरिने उनले बताए । उनले भने–“टुुँडीखेल संरक्षणका लागि गठित समितीले टुँडी खेल वरपर रहेको प्रहरी विट सँगै केही संस्थाहरुको भवन स्थान्तरणका लागि आग्रह गरेको छ, आशा छ सबैको सहयोग रह्यो भने हामीले छिट्टै टुँडी खेललाई पूर्ववत अवस्थामा फर्काउने छौं ।”
करिब १२ लाख खर्च हुने उक्त प्रतियोगितामा मित्र राष्ट्र भारत र नेपालका गरी २५ समूहले सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता अघि टुँडीखेल मैदान मर्मत सम्भार समेत गरने अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’