पोखरा १७ स्थित मानव सेवा आश्रममा पोखरा जेसीजका अध्यक्ष ई. किरण केसीका पिता स्व. बलराम केसीको पूण्य तिथीको अवसरमा खाद्यान्न तथा अन्य आवश्यक सामाग्री वितरण गरिएको छ ।
पोखरा जेसीजको आयोजना तथा बलराम स्मृति प्रतिष्ठान र स्व. केसीको परिवारको सहयोगमा आश्रममा सहयोग गरिएको हो । कार्यक्रममा अध्यक्ष केसीले सबैको साथ सहयोगले प्रतिष्ठान स्थापना भएको हुदाँ बुबाले गरेको सामाजिक कामले नै आफुलाई प्रेरणा मिलेको र आफ्ना बुबा नै आदर्श व्यक्तित्व भएको बताए ।
त्यस्तै, कार्यक्रममा हिमालयन अर्गानाइजेसनका प्रबन्ध निर्देशक तथा स्व.बलराम केसीका सुपुत्री मिलन थापा, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक तथा केसीका सुपुत्र निरन केसी, पोखरा जेसीस २०१५ का अध्यक्ष सिनेटर छवि सुवेदी लगायतले आफ्नो भनाई राखेका थिए ।
आश्रममा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानका सचिव तथा अधिवक्ता रोहित राज बास्तोलाले आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई नगद पाँच हजार रकम हस्तान्तरण गरे । मानव सेवा आश्रमका जिल्ला संयोजक राजन सापकोटाले आश्रमलाई आवश्यक खाद्यान्न उपल्ब्ध भएकोमा खुशी व्यक्त गर्दै युवा नेतृत्व लिएर अगाडि बढेमा मात्र देशलाई नयाँ नेतृत्वमा लान सक्ने बताए ।
अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा जेसीस २०२१ का सामुदायिक विकास क्षेत्रका उपाध्यक्ष बिनु श्रेष्ठ र संचालन पोखरा जेसीस २०२१ का सचिव प्रकाश घिमिरेले गरेका हुन् ।
कष्टपूर्ण जीवनयापन गर्न बाध्य समाजका असहाय तथा मनोरोगी मानिसको उद्धार गरी पालन पोषण संरक्षण एवम् पारिवारिक वातावरण संस्थाले प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो