पोखरा – पोखरामा यहि माघ २७ देखि फागुन १ गते सम्म आयोजना हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता”का लागि आयोजकले टिमको घोषणा गरेको छ ।
प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालले तिन जना वैकल्पिक सहित १५ सदस्यिय टिमको घोषणा गरेको हो । प्रतियोगिताका संयोजक नविन गुरुङका अनुसार गण्डकी प्रदेश पुरुष टिम हरि पाण्डेको कप्तानीमा मैदानमा भिड्ने भएको छ ।
छनोट भएका खेलाडीमा ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), इश्वर थापा (स्याङजा) र सञ्जय परियार (पर्वत) रहेका छन । त्यसै गरि क्विक स्पाइकरतर्फ राजु विक (वागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) रहेको संयोजक गुरुङले बताए ।
त्यस्तै अलराउण्डरतर्फ हरि पाण्डे (स्याङजा) र सन्तोष थापा (स्याङजा) सेटरतर्फ सूजन चोखाल (म्याग्दी) तथा ठग वहादुर गुरुङ (स्याङजा) रहेका छन भने लिव्रोतर्फ राजन दर्लामी मगर (स्याङजा) रहेका छन । तिन जना वैकल्पिक खेलाडीतर्फ सफल बिक (कास्की), विवश थापा (कास्की र मनोज खड्का (कास्की) रहेको आयोजकले जनाएको छ । आयोजकले टिमको प्रशिक्षकमा रमेश केसीलाई जिम्मेवारी दिएको छ ।
राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ । यसै गरि पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने भएको ग्रुपका सचिब प्रकाश बरालले जानकारी दिएका छन ।
प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने भएका छन ।
कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख वचत हुने ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले बताए । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो