पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् ।
पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करिब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो ।
सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जालका पोखरा–६ का अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीले उक्त कार्य रोक्न पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्रसमेत बुझाउनु भएको थियो । प्रमुख जिसीले फेवातालको सौन्दर्य असर पार्ने कार्य महानगरबाट नहुने जनाउँदै वस्तुस्थिति बुझेर कार्य गरिने प्रतिबद्धता व्यक्त गरे ।
सम्पदा अधिकारकर्मी अधिकारीले प्राकृतिक सम्पदामा पार्ने दीर्घकालीन असरलाई ध्यान नदिई व्यापारिक प्रयोजनका लागि रेलिङ लगाउन दिनु उपयुक्त नभएको बताए । “फेवातालको जुन सुन्दरता छ, त्यसलाई प्राकृतिकरुपमा नै छोड्नुपर्छ, कृत्रिम कुरा धेरै हुन थाले, यसले प्राकृतिक सम्पदाको दोहन गर्छ र फेवातालको सुन्दरता गुम्छ”, उनले भने, “सिमसार क्षेत्रमा सूचीकृत एवम् पोखराको प्राकृतिक सम्पदाको गहना फेवाताल कुुरुप बनाउने कार्य तथा वातावरणमैत्री क्रियाकलापप्रति बेवास्ता गर्दै विज्ञापन प्रयोजनका निम्ति आर्थिक प्रलोभनमा यस्ता कार्य भएका छन् यसलाई रोक्नुपर्छ ।”
अधिकारीले पोखरा महानगरले फेवाताल, पाताले छाँगो, सराङकोट भ्यू टावर, सेती खोँच जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदालाई समेत ४० वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको उल्लेख गर्दै यसको पनि विरोध गरेको बताए । “विज्ञ र सरोकारवालाको सुझावविना मनपरी तरिकाले भाडामा दिने कार्यले राम्रो नतिजा दिँदैन, त्यसैले पर्याप्त छलफल विना यस्ता कार्य गरिएमा यसको विरोध गरिनेछ ।”
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन