भात नपकाएको विषयमा झगडा हुँदा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको छ । पर्वत जलजला गाउँपालिका ७ धाईरिङ स्थायी ठेगाना भई पोखरा महानगरपालिका वडा नं ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनले नै ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यामा संलग्न पुनलाई शुक्रबार बिहान पक्राउ गरेको बेलुकी पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार खाना नपाएको निहुँमा झगडा हुँदा पुनले श्रीमतीको हत्या गरेका हुन् । लामगादी कृषि फर्ममा ज्यालादारी मजदुरी गर्ने उनी बिहान सोहि ठाउँमा पक्राउ परेका थिए ।
बिहीबार राति करिब ८ बजे गमबहादुर घर पुग्दा हरिमायाले खाना पकाएकी थिइनन् । हरिमाया त्यसबेला रक्सी पिएर बसेको उनले भेट्टाएका थिए । त्यसपछि खाना नपकाएको विषयमा वादविवाद भएको थियो । घरमै रहेको बन्चरो झिकेर उनले श्रीमतीलाई टाउकोमा हानेका थिए । त्यसपछि अर्को कोठामा गएर सुते । उनकै बयानका आधारमा प्रहरीले घटनाक्रम बारे जानकारी दियो ।
प्रहरीका अनुसार शुक्रबार बिहान पौने ८ बजे हरिमाया मृत अवस्थामा खाटमै भेटिएकी थिइन् । हरिमाया आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको सूचनाका आधारमा तत्काल ईलाका प्रहरी कार्यालय, शिसुवा, डाँडाको नाकबाट प्रहरी अधिकृत समेतको टोली खटिई गई घटना स्थलको अनुसन्धान एवम् मुचुल्का समेतको कार्य गरी शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाए । त्यसपछि उनका श्रीमान् गमबहादुरलाई लामगादीबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले लुकाएर राखेको बञ्चरो बरामद गरेको बताउँदै गमबहादुरलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाको कसुरमा १० दिन म्याद थपि अनुसन्धान सुरु गरिएको जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ