भात नपकाएको विषयमा झगडा हुँदा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको छ । पर्वत जलजला गाउँपालिका ७ धाईरिङ स्थायी ठेगाना भई पोखरा महानगरपालिका वडा नं ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनले नै ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यामा संलग्न पुनलाई शुक्रबार बिहान पक्राउ गरेको बेलुकी पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार खाना नपाएको निहुँमा झगडा हुँदा पुनले श्रीमतीको हत्या गरेका हुन् । लामगादी कृषि फर्ममा ज्यालादारी मजदुरी गर्ने उनी बिहान सोहि ठाउँमा पक्राउ परेका थिए ।
बिहीबार राति करिब ८ बजे गमबहादुर घर पुग्दा हरिमायाले खाना पकाएकी थिइनन् । हरिमाया त्यसबेला रक्सी पिएर बसेको उनले भेट्टाएका थिए । त्यसपछि खाना नपकाएको विषयमा वादविवाद भएको थियो । घरमै रहेको बन्चरो झिकेर उनले श्रीमतीलाई टाउकोमा हानेका थिए । त्यसपछि अर्को कोठामा गएर सुते । उनकै बयानका आधारमा प्रहरीले घटनाक्रम बारे जानकारी दियो ।
प्रहरीका अनुसार शुक्रबार बिहान पौने ८ बजे हरिमाया मृत अवस्थामा खाटमै भेटिएकी थिइन् । हरिमाया आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको सूचनाका आधारमा तत्काल ईलाका प्रहरी कार्यालय, शिसुवा, डाँडाको नाकबाट प्रहरी अधिकृत समेतको टोली खटिई गई घटना स्थलको अनुसन्धान एवम् मुचुल्का समेतको कार्य गरी शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाए । त्यसपछि उनका श्रीमान् गमबहादुरलाई लामगादीबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले लुकाएर राखेको बञ्चरो बरामद गरेको बताउँदै गमबहादुरलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाको कसुरमा १० दिन म्याद थपि अनुसन्धान सुरु गरिएको जनाएको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’