पोखरा । पोखरा ३, ४ र ९ नम्बर वडामा पर्ने पालिखेचोकको राईट अफ वे १ महिनाभित्र क्लियर गर्ने महानगरले निर्णय गरेको छ । कार्यपालिका बैठकले चैत महिनाभित्रै सकेसम्म सहमतिमा ल्याएर सबै घर भत्काउने निर्णय गरेको हो । पालिखेचोकका ४ वटा घर भत्काउनुपर्ने महानगरपालिकाले जनाएको छ ।
पालिखेचोक क्लियर गर्न वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलालाई संयोजक बनाएर काम अघि बढाइएको हो । ४ दशकअघि देखि मापदण्डभित्रका संरचना हटाउने प्रयास भएपनि सरोकारवालाको चासो नपुगेका कारण काम हुन सकेको थिएन । ‘घरधनीको समस्या छैन । चलनचल्ती अनुसार सुहाउने मुआब्जा दिए जग्गा दिन वहाँहरु राजी हुनुहुन्छ, संयोजक बास्तोला भन्छन्–महानगरले अभियान थालिसक्यो अव जतिसक्दो छिटो पूरा गर्ने हो ।’

उनका अनुसार २ जना घरधनी मुआब्जा लिनका लागि तयार भैसकेका छन् । ‘२ जनाले सहमति जनाईसक्नुभएको छ । बाँकी २ जनासँग पनि लगातार सम्बाद भैरहेको छ, उनी भन्छन्–सामान्य कुरामा अड्किएको छ । जसरी पनि सहमतिमा ल्याउँछौं ।’ बसन्त उदास र प्रदीपशंकर पालिखेले घरजग्गा छोड्ने सहमति दिएका छन् ।
बसन्तको नाममा ६०.६ बर्गमिटर र प्रदीपको नाममा ३३.८ बर्गमिटर जग्गा छ । कृष्णमान श्रेष्ठ र किशोरादेवी श्रेष्ठलाई पनि सहमतिको नजिक पु¥याईएको छ । कृष्णमानको नाममा ५०.४५ र किशोरादेवीको नाममा ५४.१ बर्ग मिटर जमिन छ । प्रदीपले पक्की घर बनाएका छन् भने अरु ३ जनाको कच्ची घर छ ।
महानगरका मेयर मानबहादुर जिसीले सकेसम्म सहमति नभए प्रक्रियामा गएर भएपनि पालिखेचोक क्लियर गर्ने बताए । ‘सहमतिमा आएका घरहरु तत्कालै हटाउँछौं । अरुलाई पनि प्रक्रियामा ल्याउने अधिकतम प्रयास हुन्छ, उनले भने–नभए प्रक्रियामा जान्छौं । चैतभित्रै क्लियर भैसक्छ ।’
गएको पुस पहिलो साता पालिखेचोकको चौतारो र सार्वजनिक स्थलमा बनाईएको क्लवको भवन भत्काईएको थियो । महानगरले सहमतिमा आएकालाई मुआब्जा दिन कार्यकारी अधिकृतलाईसरकारी निकायसँग समन्वय गर्ने अधिकार दिएको छ ।

सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?