तातोपानी नाकाबाट भित्रिए तीन कन्टेनर

तातोपानी नाकाबाट भित्रिए तीन कन्टेनर

tatopani-nakaf

file photo

नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनःसञ्चालन भएको छ। भोटेकोशी बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो।

नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए।

एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेरमात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड(१९ संक्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ।

चीनबाट अब व्यापारीले थोरैमात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरूद्ध नभएमा ती सामान चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ।

भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरू गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ।

आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, माक्स तथा जलद्यिुत् आयोजनाका मेसिनरी सामान रहेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ